Comments Add Comment

Advertisment

SKIP THIS

बसको ठक्करबाट एक जनाको मृत्यु

०४ बैशाख , काठमाडौं । सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारका क्रममा मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह ठक्कर दिएको थियो ।

बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment