Comments Add Comment

Advertisment

SKIP THIS

बिहेमा विवाद हुँदा एक जनाको मृत्यु

१४ बैशाख , काठमाडौं । सप्तरीमा एउटा बिहेमा डिजे बनाउने विषयमा भएको विवादमा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment