Comments Add Comment

Advertisment

SKIP THIS

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते

४ जेठ , काठमाडौँ । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराती मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा कारमा सवार ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका-५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य घाइतेलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

कार सडकबाट १५ मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु