Comments Add Comment

Advertisment

SKIP THIS

आज पनि घट्यो सेयर बजार

१८ जेठ , काठमाडौं । आज पनि सेयर बजार घटेको छ । आज ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ ।

आज २२७ कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार एक अर्ब ७ करोडमा खुम्चियो । कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य ओरालो लागेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।

घटेको बजारमा पनि मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोको मूल्य पनि ९.९४ प्रतिशतले बढ्यो । आज धेरै कमाउने अन्य कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त र माउण्टेन इनर्जी हाइड्रो रह्यो ।

बुधबारको बजारमा धेरै गुमाउने कम्पनीमा शिखर इन्स्योरेन्स रह्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । यस्तै नेपाल इन्भेष्ट मन्ट बैंक, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत हाराहारीले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment