Comments Add Comment

Advertisment

SKIP THIS

चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प

१९ जेठ , काठमाडौं । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो गएको भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराइमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

नरकोट केन्द्रविन्दू भएर भूकम्प

लमजुङमा पुनः भूकम्पको धक्का

क्यालिफोर्नियामा भूकम्प

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर