Comments Add Comment

Advertisment

SKIP THIS

बसको ठक्करबाट एक जनाको मृत्यु

२७ जेठ , काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् । काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै