Comments Add Comment

Advertisment

SKIP THIS

सुजिता हत्यामा संलग्न थप तीन जनालाई प्रहरीले पक्राउ

१८ साउन , काठमाडौ । महोत्तरी लोहरपट्टी नगरपालिका ७ भ्रमपुराकी सुजिता ठाकुर हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनको लागि बर्गेनिङ गरेको अधारमा थप तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने (मृतक सुजिताको बुबा) कामेश्वर पाण्डे, भङहा नगरपालिका १ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार रुपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका २४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डल रहेका छन् ।

मृतक सुजिताका बुबा कामेश्वरले पनि घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्याको मुख्य योजनाकार रुपेश ठाकुरको दिदी अञ्जु ठाकुरलाई घटनाकै दिन थाह भएपनि कसैलाई पनि जानकारी नगराएको अडियो रेर्कडबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, मण्डलले पहिले गाडिएको ठाउँबाट शव उत्खनन् गरी अर्को ठाउँमा लुकाउन सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment