Comments Add Comment

Advertisment

SKIP THIS

आँखा अस्पतालमै बम राखेर आतंकित फैलाउने समूह पक्राउ

२७ भाद्र , काठमाडौ । काठमाडौंको सेतोपुलस्थित मातृका आँखा अस्पतालको भवनको तेस्रो तलामा बिहीबार शंकास्पद वस्तु राखेर आतंकित पार्ने समूह पक्राउ परेको छ ।

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो । आज महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी अशोक सिंहले पत्रकार सम्मेलन गरेर सर्बजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएको टोलिले २ जनालाई काठमाडौंको फुटुङ र १ जनालाई धादिङबाट पक्राउ गरेको एसएसपी अशोक सिंहले जानकारी दिएका थिए ।

प्रहरीका अनुसार उनीहरूले अस्पताल सञ्चालकसँग रकम असुल गर्न शंकास्पद वस्तु राखेको बयान प्रहरीलाई दिएका छन् । धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए ।

मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment