Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको शान्ति सुरक्षालाई मजबुद बनाउदै : एसएसपी अशोक सिहं

.(ईश्वर दुलाल)

३१ भदौ , काठमाडौ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिहंले काठमाडौंको शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाएका छन ।

बडादशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर टेकुले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । काठमाडौमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज प्रहरी सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित परिसरले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको एसएसपी अशोक सिंहले न्यज२४ग्यालेक्सीलाई बताएका छन् ।

 

उपत्यकामा हुने चोरी अपराधलाई नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। शान्ति सुरक्षामा कुनै पनि त्रास र भय सृजना नहोस् भनेर लुकिछिपी कार्यरपूर्वक घटाउने घटना हुन नदिन प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ ।

 

आसन्न चाडपर्वलाई लक्षित गरी उपत्यकाको बढि भिडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूमा सेफ्टी पिन अभियान अन्तर्गत खटिएकका प्रहरीहरूलाई सादा पोशाक मा खटाउन थालिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले न्युज२४ग्यालेक्सीलाई जानकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौ मातहत प्रहरी वृत्तमा भएको जनशक्तिको व्यवस्थित र योजनाबद्ध परिचालन गरेर अपराध हुन सक्ने सम्भावित ठाउँहरूमा कडा सुरक्षाको व्यवस्था गरेर अपराधिक क्रियाकलापको सम्भावना बोकेका व्यक्तिहरूको कडा निगरानी गरेका एसएसपी सिंहले वताए छन् ।

उपत्यकाभित्र पछिल्लो समयमा व्यापक प्रहरी परिचालन भएका कारण ठूला अपराधको घटना घटेका छैनन् र घट्ने सम्भावना पनि छैन। एसएसपी अशोक सिंहले अहिले उपत्यकाभित्र चोरीको घटना नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गरेका छन । यसका लागि दैनिक र रात्रिकालीन अवस्थामा पनि थप जनशक्ति व्यवस्थापन गरेर परिचालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment