Comments Add Comment

Advertisment

SKIP THIS

दोहोरो नागरिकता र राहदानी भएका व्यक्तिलाई प्रहरीले पक्राउ

१९ कार्तिक , काठमाडौँ । काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट दोहोरो नागरिकता र राहदानी भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकबो छ ।

महाराजगंजस्थित अमेरिकन राजदुतवास नजिकबाट दुई वटा नागरिकता र राहदानी सहित उदयपुर वेलका नगरपालिका- ७ घर भएका ४१ वर्षीय अशोक राई भन्ने ओम बहादुर राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दुई वटा नागरिकता र राहदानी सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment