Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा एसपी वली आएपछी हत्याको आरोपमा २ वर्षपछि युवाहरु धमाधम पक्राउ

२२ पुष , काठमाडौ । ब्यक्ति हत्याको आरोपमा दाङ प्रहरीले दुई वर्षपछि एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

घोराही १ रामपुर वुका निवासि माधव पाण्डेका छोरा निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकारसहीत आफै संलग्न रहेको प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले घोराही १ वुकावाट गोविन्द घर्तिलाई पक्राउ गरेको छ ।

निराजनका वुवा माधवले आफ्नो छोराका हत्यामा गोविन्द आफै संलग्न भएको जाहेरी दिएपछि उनिमाथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए ।

दुई वर्ष अगाडि गोविन्दले आफै नै आफ्नो छोराको हत्या गरेको पिडित निराजनका वुवा माधबले बताए । उनले यसपालि आफुले न्याय पाउने विश्वास ब्यक्त गरे । गोविन्दसहीत स्थानिय केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पक्राउ परेका केही युवाहरुलाई छाडेको छ ।

भने गोविन्दमाथि घटना वारे थप अनुसन्धानका लागि प्रहरीले हिरासत राखेको दाङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी वीर बहादुर वली आए देखि अपराधीक घटना लागूऔषध चोरी निकासी नदिजन्य फरार अपराधीहरु धमाधम पक्राउ लगाएत सबै नियन्त्रणमा आएको नागरिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment