Comments Add Comment

Advertisment

SKIP THIS

सार्वजनिक यातायात सुरक्षित बनाउन प्रधानमन्त्रीको अपिल

२२ पुष , काठमाडौ । काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक यातायात सुरक्षित बनाउन अपिल गरेका छन् ।

गएराति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।

पाल्लाबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना भएको थियो । दुर्घटनामा एकै वडाका ६ जना महिलाले ज्यान गुमाएका छन् भन १६ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment