Comments Add Comment

सर्लाहीको बरहथवाबाट लागुऔषध सहित दुई जना नियन्त्रणमा

३० वैशाख , काठमाडौ । सर्लाहीको बरहथवा नगरपालिका ५ स्थित मधुवनगोठ बरहथवा सडक खण्डबाट ठुलो मात्रामा लागु औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरहथवा नगरपालिका ५ स्थित मधुवनगोठ बरहथवा सडक खण्डमा गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय बरहथवा र शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुर चौहर्वाबाट संयुक्त खटिएको सुरक्षाकर्मीको टोलीले ठुलो मात्रामा लागु औषधसहित दुई जनालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मधुवनगोठ बरहथवा सडक खण्डमा गस्तीमा खटिएको सुरक्षाकर्मीहरुको टोलीले मधुवनगोठ बाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०६–००१ ख ०००३ नंम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्दा बस भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा कोडिवेल एक सय ८७ बोतल, नाईट्राजेडपाम ट्याब्लेट नौ सय पिस,नाइट्राभेट ट्याब्लेट तीन सय पिस,डाईजीपाम ट्याब्लेट ९१ पिस,फेनीराम ट्याब्लेट ९२ पिस र नर्फिन ईन्जेक्सन ९१ पिस बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सर्लाही प्रहरीका अनुसार बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसलाई गस्तीमा रहेको सुरक्षाकर्मीहरुको टोलीले चेक जाँच गर्दा बस भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा सो परिमाणको लागु औषधसहित बसका कन्टेक्टर गोडैता नगरपालिका ८ का अन्दाजी वर्ष ३२ का महमद ताज दर्जी र सोही बसका सह–चालक गोडैता नगरपालिका ११ का अन्दाजी वर्ष २२ का अजय सहनीलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका मानिसहरु र लागु औषधको सम्बन्धमा थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै