Comments Add Comment

Advertisment

SKIP THIS

बागलुङमा जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

२५ असार , काठमाडौ । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment