Comments Add Comment

Advertisment

SKIP THIS

मेलम्ची खोलामा हाम फाली बेपत्ता व्यक्तिको शव फेला

१३ असोज , काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टे स्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।

सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौँ महानगरपालिका–६ महांकाल बस्दै आएका ६४ वर्षीय विष्णुप्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फाली बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरेस्थित ईन्द्रावती खोलाको बिच भागमा फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

बर्दियाको बबई नदीमा दुई शव फेला

बेपत्ता किशोरको शव फेला