२२ माघ, काठमाडौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । बिहान साढे ८ बजेदेखि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।









