Comments Add Comment

Advertisment

SKIP THIS

सार्वजनिक सुनुवाई : बुलन्द बहसका प्रस्तोता राजनले लगाए गणेश पराजुलीलाई आरोप

९ फागुन , काठमाडौ । तारकेश्वर वडा नं. ५ ले प्रजातन्त्र दिवस फागुन ७ गते पृथ्वीनारायण मा.वि.मा गरेको सार्वजनिक सुनुवाई तथा बुलन्द बहस कार्यक्रममा लफडा भएको थियो ।

कार्यक्रमको प्रस्तोता राजन नेपालबाट काठमाडौं क्षेत्र नं. ७ का संघीय सांसद् गणेश पराजुली र राष्ट्रिय स्वतन्त्र पार्टीको विरूद्ध बोलेपछि रास्वपा समर्थकहरु र रास्वपाका बागमती प्रदेश आर्थिक विभाग उपसंयोजक इच्छाराम कार्की, रास्वपा तारकेश्वर वडा नं. ६ र ५ का सभापतिहरु अनिल घिमिरे र श्याम फुयाँलले आपत्ति प्रकट गरेका थिए ।

बुलन्द बहस कार्यक्रमका प्रस्तोता राजन नेपालले संघीय सांसद् गणेश पराजुलीलाई लगाएका आरोपहरु यस्ता छन् – जनताको प्रश्न सुन्न नसकेर किन हिँडेको ? के को हतार ? जनताको जवाफ दिन नसक्ने ? यस्ता जनप्रतिनिधिले के काम गर्लान र  ? तारकेश्वर ५ मा ठेगेदारका कारण बन्न नसकेको बाटो हेर्न आउनुपर्दैन ? यूवा भनेर जनाताले पत्याईदिए, मिसन ८४ भन्दै हिँड्न लाज छैन ?

कार्यक्रममा संघीय सांसद् गणेश पराजुली दिनभरी धेरै समय बिताई त्यहाँ उठेका विषयमा जवाफ दिएर अन्य कार्यक्रममा सहभागी हुन जानुपर्ने भएकाले बिदा मागेर गएको विषयमा त्यति धेरै अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नभएको तारकेश्वर ५ का स्थानीय तथा समाजसेवी कृष्ण प्रसाद अधिकारीले बताएका छन् ।

त्यस्तै तारकेश्वर ५ का स्थानीय तथा रास्वपा बागमती प्रदेश आर्थिक विभाग उपसंयोजक इच्छाराम कार्कीले बुलन्द आवाजको नाममा रास्वपा र संघीय सांसदमाथि गरिएको बिरोध र अभद्र व्यवहारको घोर निन्दा गर्दछु । रास्वपाले जनताको मन जित्दै गएको देखेपछि विरोधीहरुको उक्साहटमा लागेर गरिएको विरोधको भण्डाफोर गरेको कार्कीले बताएका छन् ।

त्यस्तै रास्वपा समर्थक र अन्य सहभागीहरुले स्थानीय सरकार प्रमुख र उपप्रमुख नआएको विषयमा चुईक्क नबोल्ने ? संघीय सांसद्माथि यति धेरै टिकाटिप्पणी किन भनेर प्रश्न गरेका थिए ? कार्यक्रममा वडाअध्यक्ष सम्भु प्रसाद फुयाँल, संघीय सांसद् गणेश पराजुली, बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ, तारकेश्वर नगरपालिकाका राजश्व साखा प्रमुख सागर अर्याल, वडा ५ का सचिव सृजना पौडेल सहभागी भएका थिए ।

लफडा कसरी भयो ? के के भयो भिडियोसहित हेर्नुहोस ? जनताको समर्थक ईच्छाराम कार्कीको फेसबुकबाट साभार

https://www.facebook.com/share/v/RKrjpsQ38JbpxrxY/?mibextid=iCjFHx

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment