१५ मंसिर काठमाडौ । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान छन् ।

मंगलबार आरोपीहरु चितुवको छाला बेच्नका लागि एयरपोर्ट सेकुवा कर्नरमा गएका थिए ।
उनिहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ ।




