२३ असार , काठमाडौ । स्मार्टपाटी मिडीया हाउसद्धारा आयोजित बृहत रक्तदान तथा आँखा शिविर कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

लाजिम्पाट स्थित गरिमा विकाश बैंक तथा दयास्वर महादेब मन्दिरमा गरीएको कार्यक्रममा रक्तदान तर्फ ५६ जना र आँखा शिविर तर्फ १४१ जनाले सेवा लिने र दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको आयोजक स्मार्टपाटी मिडीया हाउसले गरेको थियो ।
त्यस्तै नेपाली कांग्रेस वडा कमिटी लाजिम्पाटका उप सभापति सुर्य लाल महर्जनले सम्योजकको भुमिका निर्वाह गरेका थिए साथै पंकज सिंहले कार्यक्रमको संयोजन गरेका थिए। नेपाल रेडक्रस सोसाइटीका तर्फ बाट ल्याबका प्रमुख अशोक यादवको टिमले रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो भने तिलगंगाँ आँखा अस्पतालका तर्फ बाट डा। सरोज देबकोटाको टिमले आँखा शिविर सञ्चालन गरेको इभेण्ट डाइरेक्टर पंकज सिंहले बताए ।

कार्यक्रममा स्थानिय वासिन्दाको बाक्लो उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा उप सभापति सुर्य लाल महर्जनले ११९ औँ पटक रक्तदान गरेका थिए।
कार्यक्रमको सञ्चालन स्मार्टपाटी मिडीया हाउसका अध्यक्ष ऋषि बस्यालले गरेका थिए।




