Comments Add Comment

Advertisment

SKIP THIS

प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार आमा-छोराको मृत्यु

२० मंसिर, काठमाडौ । प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ बर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापाको मृत्यु भएको हो ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment