Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरको फुटुङमा दुर्घटना : रहेनन् ३० वर्षीय सुरेश लामा

३१ भदौ , काठमाडौ । तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ।

गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२५० नम्बरको मोटरसाइकल दुर्घटना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर -८ गैरीगाउँ निवासी हुन् ।

दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले न्युज२४ग्यालेक्सीलाई जनकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment