२८ चैत , काठमाडौं । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
महासंघका अनुसार चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुसपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ।






