Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

९ मसिर , काठमाडौं । भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीका अनुसार गएराति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । शवको अहिलेसम्म पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment

छुटाउनुभयो कि? सबै