Comments Add Comment

Advertisment

SKIP THIS

महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

७ पुष काठमाडौ । सुर्खेतमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अन्सुअर महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवालीलाई पक्राउ गरेको हो ।

लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment