Comments Add Comment

Advertisment

SKIP THIS

१८ बर्षीय किशोरीको हत्या : २० बर्ष पछी गोरे पक्राउ

२९ पुष, काठमाडौ । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछी पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर-३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते पक्राउ गरेको हो ।

ईलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

२०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफु संगै जान आग्रह गरेको र जान नमाने पछी जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको पनी अनुसन्धानको क्रममा खुल्न आएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै