Comments Add Comment

Advertisment

SKIP THIS

टिपरको ठक्करबाट एकजनाको मृत्यु : घटनाको बिरोधमा राजमार्ग अवरुद्ध

०३ फाल्गुन , काठमाडौं । दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

साइकलमा दूध बेच्न भालुवाङ हिँडेकी महिलालाई उक्त टिपरले ठक्कर दिएको हो । घटना पछि मृतकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन । दोषीलाई कडा भन्दा कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको हो । बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सवै गाडी र यात्रुहरु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै