१४ फागुन, काठमाण्डौं । सर्लाही जिल्लामा घर भई हाल बागमती नगरपालिका–२ बस्दै आएका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीया विजय चौधरी, ३५ वर्षीया सुनिता देवी चौधरी रहेका छन् । सम्मानित सर्लाही जिल्ला अदालतको लगत नं. २६५१ र १४५५ बमोजिम कुटपिट मुद्दा दर्ता भएपछि प्रतिवादीहरु फरार भएका हुन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले प्रतिवादीहरुलाई निजहरुकै घरबाट फागुन १३ गते पक्राउ गरेका थिए । सर्लाही जिल्ला अदालतमा कुटपिट मुद्दा दर्ता भएपछि फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरी नियमानुसारको जरिवाना असुल उपरको लागी सम्मानित अदालत सर्लाहीमा दाखिला गराउन पठाईएको सुचना अधिकृत जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



