Comments Add Comment

Advertisment

SKIP THIS

पशुपति क्षेत्रमा साधुमाथि हातपात गरेको आरोपमा एक जनालाई पक्राउ

२५ जेठ, काठमाडौ । पशुपति क्षेत्रमा साधुमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गरेको आरोपमा महान नेपाल नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार पशुपति क्षेत्र विकास कोषको पत्र प्राप्त भएपछि नेपाललाई पक्राउ गरिएको हो ।

उनका अनुसार घटनामा संलग्न बिजय घिमिरे नामक व्यक्ति भने फरार छन् ।

पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हातपात गरिएको भिडियो सामाजिक सञ्जालमा सर्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले महानगरीय प्रहरी वृत्त गौशालालाई कारवाही गर्न पत्र लेखेको थियो ।

कोषको पत्र प्राप्त हुनासाथ प्रहरीले पशुपति क्षेत्रकै भण्डारखालबाट नेपाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment