Comments Add Comment

Advertisment

SKIP THIS

धरानको एक होटलभित्र महिला मृत अवस्थामा भेटियो

१७ फागुन , काठमाडौं । सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव भेटिएको छ । धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०/३५ वर्षीय महिलाको शव भेटिएको हो ।

प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । बुधबार कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार रहेको प्रहरीको भनाई छ ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको बताए ।

महिलाको सनाखत भएको छैन । तर उनी बसेको कोठामा सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।

होटलका कर्मचारीले मंगलबार दुवै जनालाई खाना पुर्‍याएका थिए । तर, बुधबार बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नै नदिइ फरार भएका थिए । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शंकास्पद रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

Advertisment

छुटाउनुभयो कि? सबै

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला