Comments Add Comment

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित दुईजना पक्राउ : बाँके जमुनाह प्रहरी

.(सागर थापा)

२८ साउन ,काठमाडौ । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले लागुऔषधसहित २ जना पक्राउ गरेको छ् ।

जमुनाह प्रमुख पुर्ण बहादुर खत्री र ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले तुल्सीपुर उपमहानगरपालिका ५ तुल्सीपुर बस्ने ३६ वर्षका जेनिस ओली र २३ वर्षका बिजय चौधरीलाई पक्राउ गरेको हो ।

रुपैडियाबाट उनिहरुले ६ ग्राम ६० मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर नेपाल भित्राउनेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

जेनिसले जुत्ताभित्र कालो प्लास्टिकमा बेरेर उनिहरुले ब्राउन सुगर भित्र्याउन लागेको प्रहरीले जनाएको छ।

पछिल्लो समय जमुनाह प्रहरीले धमाधम लागु औषध कारोबारि तथा प्रयोगकर्ताहरुलाई पक्राउ गरिरहेको छ । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भैरहेको बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्योपानेले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

एसिड प्रहार गरेको अभियोगमा पक्राउ

५ जना जुवाडे पक्राउ

लागूऔषधसहित ४ जना पक्राउ