Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको शिवपुरी जंगलमा ओखर खेल्ने तीन जना पक्राउ

२६ पुष , काठमाडौं । काठमाडौंको शिवपुरी जंगलमा नगद हार-जित हुने गरी ओखर खेलेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धले सोमबार अपराह्न पौने ५ बजे एक लाख ५ हजार ७९० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौंको सुन्दरीजल बस्ने ४६ वर्षीय रविन्‍द्र विष्ट, ५० वर्षीय पागिमा शेर्पा र ३९ वर्षीय रामशरण गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-२ शिवपुर जंगलभित्र बराही मन्दिर नजिकैबाट पक्राउ गरेको हो।

उनीहरूले पैसा हार-जित हुने गरी ओखर खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment