Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एक जनाको मृत्यु

३ माघ , काठमाडौं । जिल्लाको धनगढीमाईमा आज बिहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नंको ट्रकको ठक्करबाट सिरहाकै सुखीपुर नगरपालिका–८ का अन्दाजी ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सख्त घाइते साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्‍याए पनि उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्स्च्यिुटका प्रिन्सिपल तथा बाली विशेषज्ञ हुन् । बिदाको दिन भए पनि इन्स्च्यिुटकै कामले गोलबजार आउँदै गर्दा दुर्घटना भएको इन्स्च्यिुटका सञ्चालक समिति सदस्य बासना मोक्तानले बताए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment