Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

१ जेठ , काठमाडौ । बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट घर भएका ३२ वर्षीय उत्तरमान गोलेलाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रबिन्द्र रेग्मीले बताए ।

उच्च अदालत पाटनले २०७९ मंसिर १३ मा गोलेलाई २ दिन कैद र चार लाख साठी हजार जरिवाना हुने फैसला गरेको थियो । आरोपी भक्तपुरको ठिमीमा बस्दै आएका थिए । अभियुक्तलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment