Comments Add Comment

Advertisment

SKIP THIS

१ दिन कैद र दुई लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

१४ मंसिर , काठमाडौ । लमजुङ प्रहरीले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्रेको छ । बेसीशहर नगरपालिका ३ बसौलाका प्रजिता गुरुङलाई प्रहरीले पक्रेको हो ।

उच्च अदालत पाटनले ५ पुस, ०७७ मा १ दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । फैसलादेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले न्युज24ग्यालेक्सीलाई बताए ।

उनलाई सोमबार नै लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए । गुरुङले जरिवाना वापतको रकम बुझाएकी हुँदा एक दिन कैदका लागि सोमबार नै कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment