Comments Add Comment

Advertisment

SKIP THIS

सोह्रखुट्टे- नयाँ बजारमा सडक भाँसियो, मोटरसाइकल खाल्डोभित्र

१९ असार , काठमाडौ ।  काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएको छ । सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ । मोटसाइकल चालक सकुशल रहेका छन् । तर माेटरसाइकल भने अझै भेटिएकाे छैन ।

सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार  आज बिहान ५  बजे सडक भाँसिएको  थियाे ।  भाँसिनेवित्तिकै माेटरसाइकल चालक खाल्डाेमा खसेका थिए ।  काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।

भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment