५ साउन , काठमाडौ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले पाँच एसपीको काज सरुवा गरेको हो । अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।








