Comments Add Comment

बैकिङ कसुरमा फरार प्रतिबादी पक्राउ

१३ फागुन , काठमाडौं । काठमाण्डौमा राम्रो जग्गा खरिद गरी राखेमा पछि राम्रो हुन्छ भनी बिभिनन् प्रलोभन देखाउदै आएका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी जिल्ला (पूर्व) बिनही त्रिवेणी गा.पा. वडा नं. १ घर भई हाल काठमाण्डौं नगरपालिका–११ सुन्धारा वस्दै आएका ४९ बर्षको सुन्दर प्रसाद पङ्‍गेनी रहेका छन ।

काठमाण्डौमा राम्रो जग्गा खरिद गरी राखेमा पछि राम्रो हुन्छ भनी बिभिनन् प्रलोभन देखाउदै रु. सत्तरी लाख रकम लगेको थियो । पैसा हातमा परिसकेपछि सुन्दर प्रसाद पङ्‍गेनीले जग्गा पास नगरी पटक पटक आलटाल गरेर, सो बापत रू सत्तरी लाख को चेक दिएका थिए । बैंक गएर चेक साट्ने क्रममा बैंक खातामा पर्याप्‍त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको बताए ।

पीडितले पुस महिना २६ गते बैंकिङ कसूर मुद्दा दर्ता गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्तमा अनुसन्धान गरिएकोमा निज सुन्दर प्रसाद पङ्‍गेनीलाई जिल्ला नवलपरासी (पूर्व) बिनही त्रिवेणी गा.पा. वडा नं. १ दुम्किबास बजारबाट यहि फागुन ११ गते पूर्वी नवलपरासी प्रहरीले नियन्त्रण गरेको हो ।

निज उपर बैकिङ कसूर तथा सजाय ऐन,२०७४ को मुद्दामा सम्मानीत उच्च अदालत पाटनबाट ५ दिनकाको म्याद थप्न अनुमति लिई अनुसन्धान भई रहेको महानगरीय प्रहरी परिसरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment