Comments Add Comment

Advertisment

SKIP THIS

“ट्राफिक प्रहरीद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न”

१९ भाद्र , काठमाडौ ।  “राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान” अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सामाखुशी स्थित नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) को प्राङ्गणमा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई, प्रहरी उपरीक्षक संजिव शर्मा दास, सिनियर प्रहरी अधिकृत तथा अन्य ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थितिमा बृक्षारोपण गरेको हो ।

महाशाखा प्रमुख एसएसपी भट्टराईले रुद्राक्ष, रिठ्ठा, शिरिष, चिउरी, कल्की फुल, तेज पत्ता, अम्बा, बकाईनो लगायत बिभिन्न प्रजातिका २०० फलफुल तथा बोटबिरुवा आज रोपिएको बताए । “राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान” लाई सफल बनाउन एक जना डिएसपी सम्मिलित समिति समेत गठन गरि २५० जना ट्राफिक प्रहरीको उपस्थितिमा बृक्षारोपण गरेको बताए ।

उपत्यका स्थित बिभिन्न नर्सरी, बन कार्यालय लगायत संग समन्वय गरी तेज पत्ता-२५, धुपी-१२ अम्बा-७, चिउरी-८, रुद्राक्ष-१६, रिठ्ठा-१४, शिरीष-९, मलागिरी- ५, बकाईनो- ८, कल्की फुल-१० लगायत बिभिन्न फलफुल तथा बोटबिरुवा रोपेको हो ।

गत बर्ष ट्राफिक प्रहरी महाशाखाले तीनकुने स्थित खाली जमिनमा गुर्जो लगायत बिभिन्न प्रजातिका फलफुल तथा बोटबिरुवाहरु समेत रोपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment