Comments Add Comment

Advertisment

SKIP THIS

ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा पक्राउ

२० भदौ , काठमाडौं । ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित इन्फो टेक्स नेपाल प्रालिमा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाएका थिए ।

तर हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिइ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment