Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

२५ मंसिर , काठमाडौ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेर एक लाख ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ घट्यौ

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो