Comments Add Comment

Advertisment

SKIP THIS

पल शाह र सन्दीपको घिनलाग्दो दृश्य, नाबालिग बलात्कार घटनामा नेपाल प्रहरीको बदनाम

२५ असार , काठमाडौ । नाबालिग बलात्कार अभियोगमा तल्लो अदालतबाट सफाइ पाएका पल शाह एक कार्यक्रममा निकै प्रफुल्ल मुद्रामा देखिए। पल कार्यक्रममा आएकोमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्री झन् प्रफुल्लित देखिए।

पलले प्रहरी हिरासतको अनुभव सुनाए। जेलको अनुभव सुनाए। कुनै प्रसङ्गमा पनि न पल गम्भीर देखिए न कार्यक्रम सञ्चालक क्षेत्री। यता पल नाबालिग बलात्कार अभियोगमा जेल पर्दाको अनुभव सुनाइरहेका थिए उता सन्दीप क्षेत्री अट्टहास हाँसी रहेका थिए ताली पड्काउँदै।

कार्यक्रम हास्य विधाकै भए पनि नाबालिग बलात्कारका अभियुक्त जसले तल्लो तहको अदालतबाट मात्र सफाइ पाएका हुन् उनको अनुभव सुन्दै हाँसिरहेको दुवैको दृश्य मलामी जाँदा ब्यान्डबाजा बजाएर नाचिरहेझैँ देखिन्थ्यो।

प्रहरी हिरासत होस् या कारागारको एक वर्षको बसाइबारे अनुभव सुनाउँदा पल गम्भीर देखिएनन्। यी दुवै कलाकारको हाउभाउले उनीहरू कुनै फिल्मको दृश्यको कुरा गर्दै रमाइरहेजस्तै देखिन्थ्यो।

नाबालिग बलात्कार जस्तो गम्भीर अभियोगमा जेल पर्दाको अनुभव सुन्दै कलाकार समेत रहेका सन्दीप क्षेत्रीले लिएको मजा निकै घिनलाग्दो देखियो।

महिलामाथिको गम्भीर अपराधप्रति सन्दीपको सोचकोस्तर उनको अट्टहास हाँसोले देखाइरहेको थियो। कति घिनलाग्दो।

केही दिन अगाडिको अर्को कार्यक्रममा फर्किउ जहाँ पीडित तत्कालीन नाबालिगको अन्तर्वार्ता आएको थियो। अन्तर्वार्तामा उनी आफ्नो दाइले वैदेशिक रोजगारीमा कमाएको पैसाले घरको तला थप्दा पनि समाजले बाल यौन दुरुपयोगमा तोकेको १० लाख क्षतिपूर्तिले बनाएको भनेर खिस्याएको भन्दै भावुक बनिन्।

बिना प्रमाण कसैले कसैलाई आरोप लगाउँदैमा कोही पक्राउ पर्छ र भन्दै उनले आफूले भोगेको कहालीलाग्दो अवस्था बताइन्। त्यस अगाडि नै उनले आफू सत्य रहेको तर माया लागेर बयान बदलेको बताएकी थिइन्। यसलाई कानुनी भाषामा होस्टायल बनाउने भनिन्छ। डर, लोभ, प्रलोभन, माया देखाएर साक्षी लगायतको बयान बदल्ने काम भएको यो घटनामा प्रस्टै देखिन्छ।

त्यही कार्यक्रममा भक्कानिँदै उनले भनेकी थिइन् अर्को जन्म हुन्छ भने म केटी भएर नजन्मिऊँ । कार्यक्रम सञ्चालक भावुक देखिए।

यता पल जेलमा कसरी सुतेँ, प्रहरी हिरासत कति गन्हायो भन्ने अनुभव हाँस्दै सुनाइरहेका थिए। सन्दीप बढो मजा लिएर हाँस्दै सुनिरहेका थिए। र, त्यो दृश्य निकै घिनलाग्दो देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment